January 15, 2025
- ADVERTISEMENT -

चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

August 26, 2021

चितवन / कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट दुई वटा र आर्थिक वर्ष २०७७/७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा बस प्रदान गरिएको कालिका नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट पृथ्वी माध्यमिक विद्यालय भटेनी र आधारभूत विद्यालय समीपुरलाई एक÷एक वटा बस हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७७÷७८ को वजेटबाट शक्तिखोरको चतुर्मुखी माध्यमिक विद्यालय र पदमपुरको भिमोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
उनले सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनु पर्ने बताए । शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको भन्दै उनले पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताको लागि अझै पनि समस्या रहेको उनको भनाइ थियो । चेपाङ् बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको उनले भने ।
कालिका नगरपालिकामा ३५ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -