January 15, 2025
- ADVERTISEMENT -

नेपालमा थप २४३३ संक्रमित, २६ जनाको मृत्यु

August 26, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ सय ७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७ सय २ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ५२ र ४ हजार ६ सय ७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज देशभर १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने २६ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार ३५४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३० संक्रमित छन् भने ६२० जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३६६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -