January 15, 2025
- ADVERTISEMENT -

भारी वर्षाका कारण सेतिदोभानमा पहिरो : नारायणगढ–मुग्लिन सडकखण्ड ठप्प

August 27, 2021
File Photo

चितवन / भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार बिहानैदेखि आएको अविरल वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका २९ सेतिदोभानमा साँझ साढे ८ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पहिरोले दुबैतर्फ आवागमन बन्द भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि मुग्लिन बजार र रामनगरमा रोकिएको छ । प्रवक्ता थापाले पहिरो हटाउने कार्य भइरहेको बताए । पहिरोलाई पन्छाई एकतर्फी सडक संचालनको तयारी भइरहेको उनले भने ।
सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -