२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

राष्ट्र बैंकले एकैदिन एक खर्बबढी रकम खिच्दै

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते

काठमाडौं / नेपाल राष्ट्र बैंकले एकैदिन एक खर्बभन्दा बढी रकम वित्तीय बजारबाट झिक्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब १० अर्ब रुपैयाँ खिच्न बोलकबोल आब्हान गरेको छ ।

केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरणमार्फत एकै पटक ठूलो रकम बैंकिङ प्रणालीबाट झिक्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

लामो समयदेखी बैंकिङ क्षेत्रमा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको छ । यसअघि पनि पटक पटक केन्द्रीय बैंकले ठूलो रकम वित्तीय प्रणालीबाट खिच्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन प्रक्रियाअन्तर्गत न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

बाँकी रकम भने निःशेष भागअनुसार बाँडफाँट गरिनेछ । निक्षेप संकलन कार्यक्रममा सहभागी हुन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकबाट क, ख वा ग वर्गको इजाजतप्राप्त गरेको हुनुपर्नेछ । बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ ।

राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61