२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

बाँकेमा प्रतिबन्धित भारतीय ‘अण्डा’ फेला

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते
file photo.

नेपालगन्ज / बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’ फेला परेको छ ।

नेपालगन्जको जमुनाह क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको ‘अण्डा’ विभिन्न पसलहरुबाट फेला परेका हो । नेपाल सरकारले पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लागेको अवस्थामा कुखुराको सेतो ‘अण्डा’ जमुनाहका पसलमा फेला परेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

“हामीले जनाचेतना फैलाउने र अवैध कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिरहेका छौँ”, पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले भने । उनले विगत १० वर्षदेखि भारतबाट पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको उल्लेख गर्दै भारतबाट अवैध रुपमा ल्याएको कुखुरा वा अण्डा नेपालमा ल्याउन निषेध गरिएको बताए ।

क्वारेन्टाइनको संयुक्त अनुगमन टोलीले १७ बढी मासु तथा होटल र पसलमा अनुगमन गरी सचेत गराउँदै केही पसललाई कारबाहीस्वरूप ‘अण्डा’ जफत गरी नष्ट गरेको जनाएको छ । सो टोलीले १५ क्यारेट बढी ‘अण्डा’ बरामत गरी नष्ट गरेको थियो ।

अनुगमन टोली बजारमा अनुगमनमा एक्कासि गएपछि पसल सञ्चालकले पहिले जानकारी दिएर अनुगमन गर्न आउनुपर्ने भन्दै केहीवेर विवाद समेत गरेका थिए । पशु सेवाविज्ञ केन्द्र, बाँकेका वरिष्ठ पशु चिकित्सक डा।गणेश पुनले अनुगमन गर्दा जानकारी दिए कमजोरी लुकाउने प्रयास हुने उल्लेख गरे ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक यादवको नेतृत्वमा भएको सो बजार अनुगमन भएको थियो । मासु पसलको अनुगमनमा केही पसल बिना दर्ता सञ्चालन गरेको, सरसफाइमा ख्याल नगरेको, नवीकरण नगरेको र बिलबिजक सही नराखेको पाइएको थियो ।

अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्मसमेतको निरीक्षण गरेको थियो । अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज, घरेलु तथा साना उद्योग महासङ्घ, नेपालगन्ज उमहानगरपालिका पशु सेवा शाखा, सीमा सुरक्षा गुल्म जमुनाह, बोर्डर आउट पोस्ट जयसपुर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय जमुनाहालगायतका प्रतिनिधि तथा प्रमुख थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46