January 15, 2025
- ADVERTISEMENT -

कविलासमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास

August 28, 2021

चितवन / कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त भवनको शनिबार शिलान्यास गरेकी हुन् ।
प्रमुख दाहालले विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने बताइन् । सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उनको भनाइ थियो ।
उनले भरतपुरको वडा नं २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयास पछि शिलान्यास गर्न सफल भएको हो र तोकिएको समयमा गुणस्तरिय निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा संचालन गर्न आग्रह गरिन् । भरतपुरको हिल स्टेशनको रूपमा परिचय बनाउदैं आएको रमणिय पहाडी भूगोल समेटिएको वडा नं २९ को विकासमा आफू सधैं केन्द्रित रहेको उनले भनिन् ।
यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिंचाईका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन विकासका क्षेत्रमा उल्लेख्य कामहरू भइरहेको उनको भनाइ थियो । सोही अवसरमा प्रमुख दाहालले ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा संचालन गर्दै आएको बताउदैं आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने उनले बताईन् । वडा नं २९ को भूभाग सम्वेदनशिल तथा जोखिम प्रकृतिको रहेको र सोही बमोजिम यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइन् ।
शिलान्यास कार्यक्रममा उप प्रमुख पार्बती शाह ठकुरीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने तथा समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गरिन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडाले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य केन्द्र भवनको शिलन्यास कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा इन्चार्ज गोपाल कुँवर, भरतपुरमहानगरपालिका जन स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
६९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्त भित्र निर्माण सम्पन्न गरी सेवा संचालनमा आउने बताइएको छ । शिलान्यास कार्यक्रम वडा अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -