January 15, 2025
- ADVERTISEMENT -

बाढीले सरकारी कार्यालयहरु डुबानमा, तत्काल सबै सेवा बन्द

August 29, 2021

गैंडाकोट / केही दिन अघिदेखिको अविरल वर्षाका कारण नवलपरासीका झण्डै एक दर्जन सरकारी कार्यालयहरु डुबानमा परेका छन् । सरकारी कार्यालयहरु डुबानमा परेपछि अहिले सेवाहरु बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार अधिकांश कार्यालयहरुको महत्वपूर्ण कागजपत्र तथा कम्प्युटरलगायतका मेशिनरीहरु पानीले भिजेर बिग्रिएपछि तत्काललाई सेवा दिन सकिएको छैन ।
डुबानका कारण जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्यालय, नापी कार्यालय, शिक्षा समन्वय इकाई कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लगायतका कार्यालयहरुको सेवा बन्द गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -