Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

म्यूजिक भिडियो ‘माया मोहनी’को युट्युबमार्फत सार्वजनिक

प्रकाशित मिति : २०७८ भाद्र १८ गते

चितवन । म्यूजिक भिडियो ‘माया मोहनी’को युट्युबमार्फत आज शुक्रबार सार्वजनिक हुँदैछ । उक्त भिडियोको कमलनगरस्थित होटल हेप्पी होममा बिहीबार पत्रकार सम्मेलनमार्फत गायक तथा संगीतकार मनोज महतोले जानकारी दिए ।
गायक एवं संगीतकार महतो स्वयम्को कम्पोज रहेको सो भिडियोमा अहिलेका चर्चित कलाकार पुष्प खड्का र नवकलाकार गीता ढुंगानाले अभिनय गरेका छन् भने नवगायक मुनाल महतो र अनु चौधरीको स्वर रहेको छ । म्यूजिक भिडियोको शब्द रचना सुवेश कठरियालेको हो ।
भिडियोमा कैलालीको थारु गाउँ र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन गरिएको निर्माण समूहले बताएको छ । सुरज कुसुम्याले निर्देशन गरेको सो भिडियो नवगायक मुनालको पहिलो गीत भएको गायक तथा संगीतकार मनोजले बताए । दर्शक तथा स्रोताले मन पराउनेमा ढुक्क रहेको उनको भनाइ छ ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा गायक मुनालका बुबा कुमनारायण महतोले लगानी गरेका हुन् भने भिडियोको सम्पादन रामु चौधरीले गरेका हुन् ।
पछिल्लो समय थारु भाषाका गीत–संगीत निकै फस्टाएको छ । त्यसकारण तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायको रहनसहन र संस्कार तथा संस्कृतिमा आधारित गीत–संगीत, चलचित्र तथा म्युजिक भिडियो बन्ने क्रम पनि तीव्र बन्दै गइरहेका छन् ।
थारु भाषाकै गीत–संगीतबाट आफूलाई गायक तथा संगीतकारको रुपमा परिचय दिन सफल मनोज महतोले पछिल्लो समय भाषिक तथा भेगीय संगीत रूचाउन थालेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51