चितवन / नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनको लागि भरतपुर वडा नं. १ निवासी टंकनाथ पौडेलले महाधिवेशन प्रतिनिधि पदमा उमेदवारी घोषणा गरेका छन् । २०४५ सालदेखि राजतीति क्षेत्रमा प्रवेश गरेका पौडेलले आसन्न कांग्रेस १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेको हो ।
नेपाली राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा अविचलित रही राजनीतिमा आदर्श, निष्ठा र सेवाभावको भाव स्थापित हुनुपर्छ भन्ने मूल विचारलाई आत्मसाथ गर्दै राजनीतिमा प्रवेश गरेको उनले बताए । राजनैतिक जीवन नै कांग्रेसमा समर्पित भएका उनी ०४५ सालमा नेविसंघको सदस्य भएदेखि सुरु गरेका हुन् ।
राजनीति सँगसँगै सामाजिक कार्यमा पनि अग्रस्थान बनाउन सफल उनी स्नोतकोत्तरसम्म अध्ययन गरेका छन् । उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भारतमा स्नोतकोत्तरसम्मको पढाइ पूरा गरेका हुन् । सरल शान्त स्वभावका उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही कार्य गर्दै आउनु भएको छ ।
विभिन्न सामाजिक संघ संस्था, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष, बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका पूर्व अध्यक्ष, विश्व हिन्दू महासंघको केन्द्रीय सदस्यसमेत रहेका छन् । पौडेल मैयादेवी ट्रष्ट नेपालका वर्तमान महासचिव हुन् भने मैयादेवी कन्या कलेजका वर्तमान अध्यक्ष हुनुहुन्छ ।
उनलाई मैयादेवी कन्या कलेज, भरतपुर–१० को भवन उद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याए वापत दोसल्ला एवम् अभिनन्दन पत्रद्वारा सम्मानित गरिएको थियो ।
यस्तै श्री आदिकवि भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा सल्लाहकार सदस्यमा रुपमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरे वापत सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका हुन् । यस्तै न्यू दिल्लीमा रहँदा राजीव गान्धी समरता अवार्डले सोही सामाजिक र धार्मिक कार्यको उच्च मूल्याकंन गर्दै उनलाई सम्मान गरिएको थियो ।
विभिन्न सामाजिक संघसंगठनमा आवद्ध, राजनीतिज्ञ तथा समाजसेवी पौडेल सम्पूर्ण मतदाताहरुलाई महाधिवेशन प्रतिनिधि पदमा आफ्नो अमूल्य भोट दिई विजयी गराई दिनु हुन हार्दिक अनुरोध गरेका छन् ।
- ADVERTISEMENT -

कांग्रेसको १४औँ महाधिवेशन : पौडेलको महाधिवेशन प्रतिनिधिमा उमेदवारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












