काभ्रे / काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले तालिममै सहभागी नभएकालाई नियम विपरित अनुदान दिएको छ । आर्थिक वर्ष २०७६।७७ को भकारो सुधार कार्यक्रम अन्तर्गत तालिममा सहभागी भएका मध्यबाट छनौट गरी अनुदान दिनुपर्नेमा तालिममै सहभागी नभएकालाई यसरी अनुदान दिएको हो ।
महालेखा परिक्षक कार्यालयबाट सार्वजनिक गरेको प्रतिवेदन अनुसार ५ जना व्यक्तिहरुलाई यसरी अनुदान दिएको पाएको हो ।
भकारो सुधार कार्यक्रमको लागि कृषक तथा कृषक समुह छनौट गरी तालिम प्रदान गरी प्रति कृषक वा कृषक समुह अनुदान रकम रु. ९ हजार उपलब्ध गराउने निर्णय भएको थियो । सोही अनुसार २०७६ साल चैत्र १५, १६ र १७ गते छुट्टा छुट्टै कृषि सहकारी संस्थामा आवद्ध ६० कृषकहरुलाई १ दिने स्थलगत भकारो सुधार विषयक तालिम दिइएको थियो । प्रतिवेदन अनुसार सोही मध्येबाट छनौटमा परेका कृषकहरुलाई अनुदान रकम दिनुपर्नेमा गो.भौ नं. १७२।३।२५ बाट ३० जनालाई रु. २ लाख ७० हजार वितरण गरेको भरपाइ संलग्न राखी रामेश्वर श्रेष्ठलाई भुक्तानी भएको देखिएको छ । सो मध्यबाट तालिममा सहभागी नभएको ५ जना व्यक्तिहरुलाई समेत अनुदान रकम वितरण गरेको पाइएको छ ।
यसरी अनुदान दिनेहरुमा सरस्वती शिवभक्ती, भिमप्रसाद मैनाली, प्रदिप पौडेल, धनलाल श्रेष्ठ, टेकेश्वर श्रेष्ठ रहेका छन् ।
साथै प्रतिवेदनमा यस प्रकारका अनुदानको सहि सदुपयोग भए नभएको सम्बन्धमा अनुगमन तथा सोबाट प्राप्त उपलब्धी मापन नगरेको जनाउँदै तालिममा सहभागीता वेगर ५ जनाको भुक्तानी भएको अनुदान रकम रु. ४५ हजार असुल गर्न भनिएको छ ।
आफ्नो पार्टीको कार्यकर्ता भएकै कारण यसरी नियम विपरीत अनुदान वितरण गरेको स्थानीयको आरोप छ । नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख महेश खरेलकै योजनामा यस्तो गरेको हुनसक्ने स्थानीयको अनुमान छ । -Temalonline
तालिम मै सहभागी नभएका ‘आफ्नालाई’ अनुदान
September 6, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
