काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा पीसीआरबाट ८ हजार ८९८ र एन्टिजेन विधिबाट ३ हजार ४६ जनाको परिक्षणमा १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बिहीबार प्रेस ब्रिफिङ मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७४ हजार ५८७ र एन्टिजेनबाट ८६ हजार २१९ जनामा पुष्टि भएको हो ।
यस्तै, आज थप १८४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ । निको हुनेको दर ९४.९ प्रतिशत छ ।
आजै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९०३ पुगेको छ ।
निको दर बढ्दो : संक्रमित थप १२७१ जना, १८४५ संक्रमणमुक्त
September 9, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
