चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ स्थान ल्याउन सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा चितवन प्रशासनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ ल्याएको छ । ‘ए ग्रेड’ ल्याउने देशभर १४ वटा जिल्ला छन् । चितवन १२ औँ नम्बरमा परेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा झापा, अर्घाखाँची र रुकुमपूर्व प्रथम भएका छन् । ललितपुर र रुकुमपश्चिम द्वितीय भएका छन् भने गुल्मीले तृतीय स्थान ओगटेको छ । विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा चितवन उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ललितपुर, रुकुम पश्चिम, गुल्मी, स्याग्जा, सोलुखुम्बु, लमजुङ, बागलुङ, गोर्खा, जाजरकोट हुम्ला, कालिकोट, पर्वत र संखुवासभाको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट अर्थात ‘ए ग्रेड’मा परेका छन् ।
गृहमन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, विकास निर्माण अनुगमन र समन्वय, आर्थिक सुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनको आधारमा ग्रेड छुट्टाइएको हो । यस्तै, झापा, अर्घाखाँची र रुकुमपूर्व सर्वोत्कृष्ट अर्थात् ‘ए प्लस’ ग्रेड ल्याउन सफल भएका छन् ।
त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुर, मकवानपुर, तनहुँलगायत १८ जिल्ला समावेश भएका छन् । मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ, पर्सा, नवलपरासी (सुस्ता पश्चिम) लगायत परेका छन् ।
- ADVERTISEMENT -

जिल्ला प्रशासन कार्यालय चितवन ‘ए ग्रेड’मा उत्तीर्ण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














