मकवानपुर / नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ताबिना सञ्चालित क्रसर बालुवा उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले अनुगमन उपसमितिको प्रतिवेदनका आधारमा जिल्लामा दर्ता नगरी सञ्चालित उद्योगहरु बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।
अनुगमन समिति अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा बसेको बैठकले त्यस्ता क्रसर तथा वालुवा उद्योगहरु स्थानीय प्रहरी प्रशासनको सहयोगमा तत्काल बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो । बैठकले जिल्लामा सञ्चालित क्रसर तथा वालुवा उद्योगहरु बिनादर्ता सञ्चालन भएको, राजश्व नबुझाएको र सम्बन्धित स्थानमा सञ्चालन नभएको भए अनुगमन तथा आवश्यक छानविन गरी तत्काल बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले क्रसर तथा वालुवा उद्योगको स्टक प्रमाणित नभएसम्मका लागि ढुगा गिट्टी बालुवा वितरणमा रोक लगाउने निर्णय गरेको छ । कतिपय स्थानीय तहमा सञ्चालित क्रसर उद्योगहरु स्टक प्रमाणित गर्न नआएका कारण त्यस्ता उद्योगको हकमा प्रमाणित नभएसम्म बिक्रि वितरणमा रोक लगाउने निर्णय गरिएको जनाइएको छ ।
स्टक प्रमाणित उपसमितिलाई स्टक प्रमाणित प्रक्रियाका विषयमा यथासक्य छिटो विश्लेषण गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरिएको जनाइएको छ ।
रोचक के छ भने, अन्य समयमा क्रसरको विषयमा मौन देखिँदै आएको जिल्ला समन्वय समितिले प्रत्येक बर्ष भदौको अन्तिम वा असोज महिनामा क्रसरको विषयमा चासो देखाउने गरेको छ ।
अन्य समयमा वेवास्था गर्ने अनि प्रत्येक बर्ष दशैं नजिकिँदै गर्दा क्रसरको विषय उठान गर्ने गरेको भन्दै नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समितिमाथि प्रश्न उठ्न थालेको छ ।
- ADVERTISEMENT -

बिना दर्ता संचालनमा रहेका क्रसर बन्द गर्न निर्देशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52













