२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

कक्षा १२ को परीक्षा आजदेखि सुरु

प्रकाशित मिति : २०७८ भाद्र ३० गते
Sketch.

मकवानपुर । पटक–पटक स्थगित कक्षा १२ को परीक्षा आज (बुधबार) देखि संचालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पटक–पटक स्थगित भएको परीक्षा आजदेखि देशैभर संचालन हुने भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत जेठ महिनामा तय भएको परीक्षा स्थगित भई साउन ३१ गतेका लागि तोकिएको थियो । कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको परीक्षा आजबाट संचालन हुने भएको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार, त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कोरोना महामारीका कारण यस वर्षको परीक्षा प्रत्येक विद्यार्थीहरुले होम सेन्टर (आफु अध्ययनरत विद्यालय तथा क्याम्पस) बाट दिन पाउने भएको छ । परीक्षा बिहान ११ बजेदेखि संचालन हुनेछ । प्रश्न पत्र साढे १० बजेभित्र अनलाइन माध्यमबाट प्रत्येक परीक्षा केन्द्रमा पुर्याइने बोर्डका अध्यक्ष डा. पौडेलले जानकारी दिए ।
डा. पौडेलका अनुसार, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुले भने अहिले परीक्षा दिन पाउने छैन । संक्रमित विद्यालर्थीहरुले हाल परीक्षा दिन नपाएपनि उनीहरुका लागि पछि छुट्टै व्यवस्था गरिएको छ । त्यसको लागि संक्रमित विद्यार्थीहरुले आफु संक्रमण पुष्टि भएको प्रमाणसहित परीक्षामा उपस्थित हुन नपाएको जानकारी गराउनुपर्दछ ।
कोरोना महामारीका कारण यसवर्ष कक्षा १० अर्थात एसईई परीक्षा पनि संचालन हुन पाएन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । त्यस्तै, कोरोना संक्रमणका कारण त्रिभुवन विश्व विद्यालय (त्रिवि), लोकसेवा आयोगलगायतको परीक्षा पनि पटक–पटक स्थगित भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36