मकवानपुर । पटक–पटक स्थगित कक्षा १२ को परीक्षा आज (बुधबार) देखि संचालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पटक–पटक स्थगित भएको परीक्षा आजदेखि देशैभर संचालन हुने भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत जेठ महिनामा तय भएको परीक्षा स्थगित भई साउन ३१ गतेका लागि तोकिएको थियो । कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको परीक्षा आजबाट संचालन हुने भएको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार, त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कोरोना महामारीका कारण यस वर्षको परीक्षा प्रत्येक विद्यार्थीहरुले होम सेन्टर (आफु अध्ययनरत विद्यालय तथा क्याम्पस) बाट दिन पाउने भएको छ । परीक्षा बिहान ११ बजेदेखि संचालन हुनेछ । प्रश्न पत्र साढे १० बजेभित्र अनलाइन माध्यमबाट प्रत्येक परीक्षा केन्द्रमा पुर्याइने बोर्डका अध्यक्ष डा. पौडेलले जानकारी दिए ।
डा. पौडेलका अनुसार, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुले भने अहिले परीक्षा दिन पाउने छैन । संक्रमित विद्यालर्थीहरुले हाल परीक्षा दिन नपाएपनि उनीहरुका लागि पछि छुट्टै व्यवस्था गरिएको छ । त्यसको लागि संक्रमित विद्यार्थीहरुले आफु संक्रमण पुष्टि भएको प्रमाणसहित परीक्षामा उपस्थित हुन नपाएको जानकारी गराउनुपर्दछ ।
कोरोना महामारीका कारण यसवर्ष कक्षा १० अर्थात एसईई परीक्षा पनि संचालन हुन पाएन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । त्यस्तै, कोरोना संक्रमणका कारण त्रिभुवन विश्व विद्यालय (त्रिवि), लोकसेवा आयोगलगायतको परीक्षा पनि पटक–पटक स्थगित भएको थियो ।
- ADVERTISEMENT -
कक्षा १२ को परीक्षा आजदेखि सुरु
September 15, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -