२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

नेपालको ऐतिहासिक जित, ओमन सात विकेटले पराजित

प्रकाशित मिति : २०७८ आश्विन ४ गते
Google photo

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएको छ ।
ओमनको अल अमिरात क्रिकेट मैदानमा जितको लागि १२२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएको थियो । एकदिवसीय क्रिकेटमा नेपालले ओमनलाई पहिलो पटक पराजित गरेको हो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनको योगदान दिएका हुन् । युवा ओपनर आसिफ शेख ४४ बलमा ७ चौका सहित ४० रनमा अविजित रहे । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरे ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुसल ६ रनमा बाहिरिँदा रोहितकुमार पौडेल पनि ६ रनमा नै आउट भए । त्यस्तै शरद् भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे ।
ओमनका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनले ३७ ओभर दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो ।
ओमनका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन् । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए । सन्दीप गौडले ८ तथा आयन खानले ७ रन जोडदा सुफ्यान मेहमुद र मोहमद नदीमले ४(४ रन जोडे । कालिमउल्लाह ११ रनमा अविजित रहदाँ बिलाल खानले ९ रन बनाए ।
ओमनलाई सस्तैमा समेट्नेक्रममा तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करण र सन्दीपले ४(४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए । सन्दीपले ८।१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका हुन । त्यस्तै करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिन सफल भए ।
शरद्ले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिएका हुन् । यस जितसँगै नेपालले सिरिजको सुखद् अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोरे । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ओमनसँग ५ विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
ओमानलाई हराएपछि नेपाल लिग–२ को चौथो स्थानमा उक्लिएको छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । ओमन १३ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नामिबिया ७ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा छ । युएई ७ खेलमा ७ अङ्क जोड्दै छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा नै हारका साथ अङ्क विहीन हुँदै अन्तिम स्थानमा छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22