२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

उपभोक्ताको गुनासोपछि भरतपुर महानगरद्वारा बजार अनुगमन

प्रकाशित मिति : २०७८ आश्विन ५ गते

चितवन / भरतपुर महानगरले बजार अनुगमनलाई तिब्रता दिएको छ । उपभोक्ताबाट ब्यापक गुनासोहरु आउन थालेपछि बजार अनुगमनलाई तिब्रता दिदै उपभोक्ता हित विपरितका कार्य गर्ने व्यवसायीहरुलाई कारबार्ही गर्न थालिएको भरतपुर महानगरका अनुगमन समितिका संयोजक थानेश्वर सापकोटाले बताए । सोमबार बालकुमारी तरकारी बजारमा माछा मासु पसलहरुको अनुगमन गरेको र मुखिया मिट सप्लार्यसबाट अखाद्य रगं बरामद गरेको सापकोटाको भनाई छ ।
त्यस्तै अनुगमनका क्रममा धर्मचोकको न्यु खरेल ईन्टरप्राईजेजमा म्याद नाघेका खाद्य सामाग्री बरामद गरिएको उनले बताए ।त्यहाँबाट चोकोपन १२ प्याकेट , ल्याक्टोजिन ६ प्याकेट , मुग दाल ४१ प्याकेट बरामद गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले बताए । त्यस्तै लक्ष्मि मदिरा पसलमा ५ वटा १२ सिर्गे क्यान बियर म्याद सकिएको फेला परेको पनि काफ्लेले बताए । त्यसलाई बरामद गरी बिल सहित कार्यालयमा हाजिर हुन निर्देशन गरेको काफ्ले बताउँछन् ।
महानगरले भरतपुर महानगरको २९ नम्वर वडा जुगेडीका बिभिन्न होटल मदिरा पसल र किराना पसलहरुको पनि अनुगमन गरिरहेको उनले बताए । त्यस्तै रामनगरको थकाली भान्साघरमा पनि अनुगमन गरेको बताइन्छ । अनुगमनका क्रममा होटलहरुमा सरसफाईमा ध्यान नदिएको पाईएको सापकोटाले बताए । सबैलाई आफुहरुले निर्देशन दिएको र फेरी पनि लापरबार्ही भए कारबार्ही गरीने उनी बताउछन् ।कोरोनाका कारण बजार अनुगमन पनि नभएको मौका छोपी व्यवसायीहरुले म्याद गुज्रेका र अखाद्य बस्तु मिसिएका गुणस्तर हिन खाद्य सामाग्री बिक्री गर्ने गरेको भेटिएको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए ।
नगर प्रहरी अधिकृत तथा अनुगमन समिति सदस्य असई कृष्ण प्रसाद सापकोटाले अनुगमनका क्रममा आफुहरुले पहिलो चरणमा सचेतना दिने काम लाई प्राथमिक्ता राखेको र पटक पटक पनि गल्ति गरेको भेटिएमा नगद जरिवाना समेत गर्ने गरेको बताए । बजार अनुगमन लाई निरन्तर अगाडी बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाढी बढाउने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51