चितवन / चितवनको सौराहामा विपद जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि ‘आधारभूत मानवीय मापदण्ड बिषयक’ प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ । स्थानीय पालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई लक्षित गर्दै पांँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको हो । एसियाली विपद पूर्व तयारी केन्द्र (एडीपीसी)को मुख्य आयोजना र रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।
जिल्लामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण र विपद प्रभावितका लागि गरिने उद्धार , आर्थिक , सामाजिक ,भौतिक सहयोगका मापदण्ड के के छन र सरकारले यस बिषयमा लागु गरेका ऐन,नीति निर्देशिका र नियमावलीका बिषयमा प्रशिक्षण दिइएको थियो । एडीपीसीका राष्ट्रिय जनप्रतिनिधि मानबहादुर थापाले नेपाल प्राकृतिक प्रकोप र विपदको उच्च जोखिममा रहेकोले यसको न्यूनिकरण र व्यवस्थापनका बारेमा स्थानीय पालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई पांँच दिन प्रशिक्षक प्रशिक्षण दिईएको बताए ।
‘हामीले विपदको क्षेत्रमा नेपालमा धेरै काम गर्दै आएका छौ थापाले भने, अहिले चितवनका पांँच पालिकाका श्रोत व्यक्तिलाई प्रशिक्षण दिएका हौंं ।’ हाल भरतपुर महानगर पालिका, रत्नननगर नगरपालिका, खैरहनी , कालिका र राप्तीकाका श्रोत व्यक्तिलाई प्रशिक्षण दिईएको र अन्य दुई पालिका माडी नगरपालिका र ईच्छाकामनाका श्रोत व्यक्तिलाई छिट्टैनै प्रशिक्षण दिईने थापाले बताए । उनका अनुसार श्रोत व्यक्तिले यस प्रशिक्षक प्रशिक्षणबाट आफ्नो मातहत तथा अन्य सरोकारवाल निकायका अन्य प्रतिनिधिलाई प्रशिक्षण दिनेछन ।
प्रशिक्षक प्रशिक्षणको उद्धेश्यबारे बोल्दै थापाले भने, ‘यसको मुख्य उद्धेश्य विपद जोखिम न्यूनिकरण बारे ज्ञान , सचेतना दिनुका साथै विपद प्रभावितका अधिकारबारे प्रशिक्षण गराउनु र विपद व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नुनै हो ।’ कार्यक्रममा एडीपीसीका तर्फबाट सुनील सुन शाक्यले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विपद जोखिम न्यूनिकरण सम्बन्धी गैह्रसरकारी संस्थाका प्रतिनिधि , गृहमन्त्रालय र संघीय मामिला तथा समन्वय मन्त्रालयका वरिष्ठ अधिकृत लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी ग्रैह सरकारी संस्थाका रुपमा डिपीनेट, एआइन, एपीपी ,एनडीआरसी, एनडीआरएन, बिल मिलिण्डा गेट्स फाउण्डेसन रहेका छन । प्रशिक्षक प्रशिषण कार्यक्रम असोज ८ गतेसम्म चल्नेछ ।
- ADVERTISEMENT -

सौराहामा आधारभूत मानवीय मापदण्ड बिषयक प्रशिक्षण शुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














