२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

उपचार पश्चातको अभावमा जन्मिएको चितवन मानव सेवा आश्रम

प्रकाशित मिति : २०७८ आश्विन १४ गते

चितवन / उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन मेडिकल कलेजका सञ्चालक ममता शर्मा न्यौपानेको समूहले सत्य साई सङ्गठनमा बाल आश्रम सञ्चालन गर्दै आएको छ । बालबालिका उद्धारकै क्रममा सडकमा भेटिएका अभिभावकलाई उद्धार गरी चितवन मेडिकल कलेजमा निःशुल्क उपचार गर्न थालियो ।
उपचारपछि कहाँ राख्ने भन्ने समस्या आएपछि आश्रम स्थापना गरिएको न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चालाई बाल आश्रममा राखियो, उपचारपछि अन्यलाई राख्न यो आश्रम खोलेका हौँ, उपचार चितवन मेडिकल कलेजमा निःशुल्क रुपमा गरिँदै आएको छ, औषधि पनि त्यही फार्मेसी सञ्चालन गर्ने सरोज ज्ञवालीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आउनुभएको छ ।” सडकमा यसरी भेटिएकामा बढी मात्रामा मानसिक समस्या देखिने गरेको छ । यसका अतिरिक्त विभिन्न खालका रोगव्याधी बोकेर सडकमा पुगेका हुने गर्दछन् । कतिपय सडकमै पुगेपछि अन्य रोगबाट ग्रस्त हुने गर्छन् ।
आश्रमका अध्यक्षसमेत रहनुभएका न्यौपानेले भन्नुभयो, “एउटै बिरामीलाई तीन महिनासम्म आइसियु र सात महिनासम्म अस्पतालमा राखेर बचाएका छौँ ।” भरतपुर महानगरपालिका–९ सङ्गम टोलमा रहेको आश्रममा हाल २९ महिला, आठ पुरुष र एक बच्चा रहेका छन् । यसअघि आश्रम भरतपुर–१२ को आस्थाचोकमा रहेकामा हाल सो ठाउँमा राखिएको हो । विसं २०७२ भदौ २७ गते स्थापना गरिएको यस आश्रमबाट हालसम्म १७० जनाको उद्धार गरिसकिएको छ । न्यौपानेका अनुसार ८७ जनाको पुनःस्थापना गरिएको छ । आश्रममा रहँदै गर्दा ३३ जनाको मृत्यु भएको छ । आश्रममा एक सिएमए, एक अनमी, एक व्यवस्थापक र दुई सहयोगी छन् ।
आश्रितलाई स्वास्थ्य सेवा चाहिरहने हुँदा स्वास्थ्यकर्मी नै राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एक वर्षमा औषधोपचारमा रु ४० लाख हाराहारी खर्च हुँदै आएको छ । त्यसमध्ये रु १० लाख हाराहारी औषधिमा खर्च हुने गर्दछ । आश्रम सञ्चालनका लागि मासिक रु दुई लाख ५० हजार हाराहारी खर्च हुने गरेको संस्थाका उपाध्यक्ष विनोद ढकालले बताउनुभयो । उहाँका अनुसार आश्रममा चितवनसहित गोरखा, लमजुङ, तनहुँ, धादिङ, मकवानपुर, नुवाकोट, बागलुङ, पाल्पा, काठमाडौँलगायत जिल्लासम्म पुगेर सहयोगापेक्षीको उद्धार गरी ल्याइएको छ ।
उहाँले भन्नुभयो, “नितान्त सडकमै बसेका, घर समाज नभएका, मानसिक सन्तुलन गुमाएका र मागेरसमेत खान नसक्ने अवस्थामा पुगेकालाई हामीले उद्धार गरी ल्याएका छौँ ।” आश्रम सञ्चालनका लागि समितिका सदस्यले नियमित सहयोग जुटाउँदै आउनुभएको छ । समितिमै रहेकाहरुले मासिक रु ५०० देखि पाँच हजार सङ्कलन गर्दै आएका छन् । जन्मदिन, विवाहउत्सव, पुण्य तिथिसँगै, लायन्स, लियो, रोटरी, टोल सुधार संस्था र व्यावसायिक फर्मले विभिन्न पर्व तथा समय पारेर खाना खुवाउने र दान गर्ने गरेका छन् ।
उहाँले भन्नुभयो, “दाताहरुकै भरमा आश्रम सञ्चालन गरिरहेका छौँ ।” संस्थाका कोषाध्यक्ष सरोज ज्ञवालीका अनुसार दिगो सञ्चालनका लागि अक्षयकोष अभियान सञ्चालन गरिएको छ । हालसम्म रु ८० लाख हाराहारी रकम अक्षयकोषमा जम्मा भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैको साथ र सहयोग रह्यो भने मानवीय पुण्य कार्य सफल हुँदो रहेछ भन्ने देखिएको छ ।” भविष्यमा अक्षयकोषको ब्याज रकमबाट नियमित सञ्चालन हुनसक्ने बनाउनका लागि आफूहरु लागिपरेको ज्ञवाली बताउनुहुन्छ ।
स्थापनाको छ महिना महानगरपालिकाले घर भाडा दिएपछि निजी क्षेत्रबाट मात्रै सहयोग जुट्दै आएको छ । आश्रममा रहेकाको उपचारसँगै उनीहरुको विगतको बेदना सुन्दा जोकोही भावुक हुने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73