January 21, 2025
- ADVERTISEMENT -

पर्यटक भिसामा नेपालीले अब २५० डलर बोके पुग्ने

September 30, 2021

काठमाडौँ / पर्यटक भिसामा खाडि मुलुक सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो ।
ती मुलुकमा जाने व्यक्तिको हकमा अब २ सय ५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्ने व्यवस्था मिलाइएको छ । पर्यटकले खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको व्यहोरा खुल्ने कागजात भएमा त्यो पनि २५० डलर पनि आवश्यक नपर्ने बताइएको छ । यसअघि ती मुलुक जान ५ सय डलर सटही गर्नुपर्ने बाध्यता थियो ।
युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जाने व्यक्तिको हकमा चाहिं पहिले झैं ५ सय डलर न्यूनतम विदेशी मुद्रा सटही गरेको हुनुपर्ने भनिएको छ । कार्यविधिको दफा ३.१ को उपदफा (२) मा (घ १) थप्दै विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्न सकिने भनिएको छ । तर सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -