काठमाडौँ / पर्यटक भिसामा खाडि मुलुक सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो ।
ती मुलुकमा जाने व्यक्तिको हकमा अब २ सय ५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्ने व्यवस्था मिलाइएको छ । पर्यटकले खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको व्यहोरा खुल्ने कागजात भएमा त्यो पनि २५० डलर पनि आवश्यक नपर्ने बताइएको छ । यसअघि ती मुलुक जान ५ सय डलर सटही गर्नुपर्ने बाध्यता थियो ।
युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जाने व्यक्तिको हकमा चाहिं पहिले झैं ५ सय डलर न्यूनतम विदेशी मुद्रा सटही गरेको हुनुपर्ने भनिएको छ । कार्यविधिको दफा ३.१ को उपदफा (२) मा (घ १) थप्दै विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्न सकिने भनिएको छ । तर सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने भनिएको छ ।
- ADVERTISEMENT -

पर्यटक भिसामा नेपालीले अब २५० डलर बोके पुग्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













