बझाङ / नेपाली कांग्रेस बझाङको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन भएका छन् । अधिवेशनका क्रममा उम्मेदवारी दर्तावापतको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता भएपछि बझाङ कांग्रेसमा अन्योल देखिएको छ ।
केन्द्रीय निर्वाचन समितिबाट जिल्ला मतदान अधिकृतका रुपमा खटिएका डडेलधुराका चेतराज भट्ट निर्वाचन नगराई सम्पर्कविहीन भएका हुन् । उनको साथमा अधिवेशनमा उम्मेदवारी शुल्कवापत उठेको करिब ७ लाख रकम रहेको बताइएको छ ।
बझाङमा असोज १५ गते जिल्ला अधिवेशन उद्घाटन भएको थियो भने असोज १६ गते शनिबार जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भएको थियो । २५ जना महाधिवेशन प्रतिनिधिका लागि ७५ जनाले ५ हजारका दरले शुल्क बुझाएर उम्मेदवारी दर्ता गरेका थिए ।
त्यस्तै जिल्ला सभापतिका उम्मेदवारहरु खडबहादुर बोहरा र रमेशबहादुर भण्डारीले १०(१० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाएका थिए । निर्वाचन समितिले जिल्ला उपसभापति र सचिवका लागि ७ हजार तथा सहसचिवका लागि ६ हजार रुपैयाँ शुल्क लिएको थियो ।
खडगबहादुर बोहरालाई संस्थापनइतर समूहका नेताहरुको पनि सहयोग रहेको थियो ।
निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि एक पक्षले तत्काल अर्को निर्वाचन अधिकृत तोकेर मतदान गराउन माग गरेको छ भने अर्को पक्ष दसैँपछि चुनाव गराउनुपर्ने पक्षमा देखिएको छ ।
कांग्रेस अधिवेशन : उम्मेदवारको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता
October 3, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
