२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

कला मन्दिरलाई गरिमाको आर्थिक सहयोग

प्रकाशित मिति : २०७८ आश्विन २३ गते

चितवन / नारायणी कला मन्दिरलाई आर्थिक सहयोग प्राप्त भएको छ । नारायणगढमा रहेको गरिमा विकास बैंकले कला मन्दिरलाई शुक्रबार आर्थिक सहयोग गरेको हो । कला मन्दिरले वर्षेनि आयोजना गर्दै आएको ‘गरिमा इन्द्रेणी साँझ’ कार्यक्रम प्रायोजन गरेवापतको दुई लाख रूपैयाँ कला मन्दिरलाई हस्तान्तरण गरेको हो ।
बैंकका सञ्चालक विमल पाण्डे, सिइओ गोविन्दप्रसाद ढकाललगायतको टोलीले कला मन्दिरका अध्यक्ष उद्वव जोशीलाई उक्त चेक हस्तान्तरण गरेको हो ।
कला र संस्कृति संरक्षण र विकासको लागि काम गर्दै आएको कला मन्दिरसँग गरिमाले विगत लामो समयदेखि सहकार्य गर्दै आएको छ । यो सहकार्यलाई अझ पछिसम्म पनि निरन्तरता दिने बैंकका सिइओ ढकालले बताए । ‘कला मन्दिरसँग आर्थिकरूपमा भन्दा पनि कला मन्दिरको कार्यक्रममा सहभागिता जनाउने प्रयास गरेका हौँ,’ उनले भने, ‘यो क्रम निरन्तर चलिरहोस् भन्ने हामी पनि चाहन्छौँ ।’
चेक ग्रहणपछि कला मन्दिरका अध्यक्ष उद्वव जोशीले गरिमा जस्तै सहयोगी संस्थाकै आडमा रहेर नेपाली मौलिक कला र संस्कृति संरक्षण गर्ने प्रयासलाई कला मन्दिरले निरन्तरता दिन सकेको बताए । गरिमासँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन कला मन्दिर तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा कला मन्दिरका पूर्व अध्यक्ष एवम् सल्लाहकार विनय श्रेष्ठले कला मन्दिरको विकासका लागि गरेका विभिन्न खालका प्रयास र उतारचढावबारे आफ्ना धारणा राखेका थिए। विसं. २०१९ सालमा स्थापना भएको कला मन्दिरले विषेश गरी नृत्य क्षेत्रमा मह¤वपूर्ण योगदान पु¥याएको छ । साथमा गायन, बाध्यवादन, नाटकलगायतका क्षेत्रमा पनि कार्यक्रम गर्दै नयाँ प्रतिभा उत्पादन गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51