–बबिलाल तामाङ
नारायणगढ । भदौको अन्तिम सातासम्म उग्ररूप लिएको कोरोना भाइरस संक्रमणको जोखिम बिस्तारै कमहुँदै गएको छ । गतवर्ष दसैँ–तिहारताका पुनःउत्कर्षमा पुगेको कोरोना भाइरस संक्रमणको जोखिम यस वर्ष भने तुलनात्मक रूपमा कम भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
गतवर्षको तथ्यांक हेर्ने हो भने सरकारले गरेको कडा ‘लकडाउन’ र स्थानीय प्रशासनले गरेको निषेधाज्ञा खुलेपछि असोज र कात्तिक महिनामा पुनः उच्च विन्दुमा पुगेको थियो ।
तर, गतवर्षको तुलनामा यस वर्ष चितवनवासीलाई केही राहत मिलेको छ । भदौ अन्तिमसम्ममा दुई हजार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको चितवनमा असोज तेस्रो साता सकिँदै गर्दा सक्रिय संक्रमितको संख्या ३५० भन्दा कममा झरिसकेको छ ।
प्रशासनले अझै पनि पूर्णरूपमानिषेधाज्ञा खुलेको घोषणा गरिसकेको छैन । तर, बिस्तारै खुकुलो बनाउँदै लगेपछि वातावरण पहिलेकै अवस्थामा फर्किइसकेको आभास हुँदै गएको छ ।
दसैँ–तिहारलगायत देशवासीकै सबैभन्दा महत्वपूर्ण पर्व नजिकिइसकेको हुँदाविभिन्न संघसंस्थाको साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम दैनिक हुन थालेका छन् । त्यतिमात्र नभई देशको राजनैतिक माहोल पनि फरक बन्दै गएपछि राजनैतिक गतिविधिसमेत बढी सक्रियहुँदै गएको छ ।
यसरी मानिसको जमघट र चहलपहल नियमित भइरहनु अझै पनि सकारात्मक नभएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । संक्रामक रोगको जोखिम तथ्यांकअनुसार बिस्तारै कमहुँदै गएपनि मानिसबाटै मानिसमा सर्ने रोग भएकोले अझै सुरक्षितहुनु आवश्यक रहेको कार्यालय प्रमुख दीपक प्रसाद तिवारी बताउँछन् । ‘संक्रामक रोग भएका कारण मानिसहरूको भेटघाट र भीडभाड बढ्दै जाँदा फेरि पोहोरको जस्तै अवस्था नहोला भन्न सकिन्न,’ उनले भने, ‘त्यसैले हाललाई संक्रमणको जोखिमकम देखिएपनिअहिलेको चहलपहलले अर्को महिना असर पार्न सक्ने संभावना बढ्दै गएको छ ।’
रोगको जोखिमआजको भोलि नै नदेखिने हुँदा संक्रमण फैलिइसकेपछि त्यसलाई रोक्न नसकिने उनले बताए ।
अझै पनि सक्रिय संक्रमितको संख्याशून्यतातर्फ पुग्न समय लाग्ने हालको तथ्यांकले देखाएको उनको भनाइ छ । ‘तर, दसैँ तिहारजस्ता महत्वपूर्ण पर्वका कारण मानिसहरूको जमघट र रंग रमाइलोले गर्दा फेरि भाइरस फैलिने हो कि भन्ने डर अझै पनि छ,’ उनले भने, ‘त्यसको असर कात्तिकको अन्तिम साता या मंसिर लागेपछि देख्न सकिन्छ ।’
खोपका कारण असर कम
खासगरी हाल सक्रिय संक्रमित र गम्भीर खालका संक्रमितको संख्याकमहुँदै जानुमाभने खोपको प्रभाव देखिएको स्वास्थ्यकार्यालय चितवनले जनाएको छ । ‘उमेर समूहकाआधारमा ४० वर्षभन्दामाथिका सबैले खोप लगाइसके,’ उनले भने, ‘त्यसभन्दातलकापनिकर्मचारी, व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी जस्ता कुनै न कुनै पेसामा आवद्ध भएकाव्यक्तिले पनिपाइसकेका छन् । धेरैजसोले खोप लगाइसकेको हुँदात्यसको असरका कारण समाजमागम्भीर खालका संक्रमितनदेखिएको भन्ने हामीलाई लागेको छ ।’
तैपनिखोप लगाएको छु भन्दैमा ढुक्क भएर भीडभाडमा हिँड्न भने सकभर कम गर्न स्वास्थ्यकार्यालय चितवनले आग्रह गरेको छ । कोरोना भाइरसमात्रनभई जुनसुकै रोगको जोखिमबाट बच्नपनि सकभर भीडभाडमा जाननहुने कार्यालय प्रमुखतिवारीले बताए ।
- ADVERTISEMENT -

चितवनमा कोरोना : सक्रिय संक्रमित शून्यतातर्फ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.88
152.48

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
203.73
204.54

Swiss Franc
1
190.78
191.53

Australian Dollar
1
106.92
107.35

Canadian Dollar
1
108.58
109.01

Singapore Dollar
1
118.30
118.77

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.47
40.63

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.35
41.52

Malaysian Ringgit
1
37.43
37.58

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
494.32
496.27

Bahrain Dinar
1
402.78
404.38

Omani Rial
1
394.47
396.03














