April 19, 2025

भारतमा ट्याक्टर दुर्घटना : ११ जनाको मृत्यु

October 16, 2021
File Photo
- ADVERTISEMENT -

काठमाडौं / भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
भारतीय समाचार संस्थाहरुका अनुसार दुर्घटना ट्याक्टरको ट्रली पल्टिएर भएको बताइएको हो भने ट्याक्टरमा सवार ७ महिला र ४ बालबालिकाको मृत्यु भएको छ ।
मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

- ADVERTISEMENT -