मकवानपुर / बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि तय भएको छ । शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।
सो प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री एमाले ५६ सांसदबाट ४३ सांसदमा खुम्चिन पुगेको छ ।
सत्ता गठबन्धनको साथ नपाउँदा मुख्यमन्त्री शाक्यले अन्य स–साना दलको साथ पाए पनि उनले विश्वासको मत पाउने संभावना रहँदैन । अर्थात् उनको नेतृत्वमा सरकार टिक्ने देखिँदैन ।
अब, बागमती प्रदेशमा सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । बागमतीमा सरकारको नेतृत्व कुन दलले गर्ला भन्ने विषयलाई चासोको रुपमा हेरिएको छ । कांग्रेसको तर्फबाट इन्द्र बानिया र नेकपा समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने रेसमा छन् ।
बैठक सार्न एमालेको पत्र
आज कात्तिक ४ गते बस्ने प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयलाई आग्रह गरिएको छ । लिखित पत्र पठाउँदै एमालेले आज हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । बैठक ११ गतेका लागि बोलाउन एमालेले लिखित प्रस्ताव गरेको छ ।
कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न सो दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन् । मुख्यमन्त्री शाक्यको आज हुने विश्वासको मत टार्नको लागि नेकपा एमालेले बैठक सार्ने प्रस्ताव गरेको हो ।
- ADVERTISEMENT -

बागमतीको मुख्यमन्त्रीमा इन्द्र कि राजेन्द्र !

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04











