April 29, 2025

विश्वेश्वरले पाए ६१ वर्षमा बल्ल नागरिकता

October 26, 2021
- ADVERTISEMENT -

जनकपुरधाम / सुखीपुर नगरपालिका–६ का विश्वेश्वर सदायाले ६१ वर्षको उमेरमा वंशजको नागरिकता पाएको छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार ‘उनका भतिजाले नागरिकता पाएका हुन् । ‘विभिन्न कालखण्डमा उहाँ नागरिकताका लागि आउनुभएको थियो’ प्रजिअ कणेलले भने, ‘केही गर्दा नपाएपछि मैले सबै कागजात हेरेँ र उचित ठानेर उहाँलाई नागरिकता दिएँ ।’
सदायाको घर भत्केका कारण उनलाई नागरिकतासहित कम्बल, नेपाली सेनाबाट २ बोरा खाद्यान्न र नेपाल–भारत मैत्री महिला समाजबाट प्राप्त पालसमेत उपलब्ध गराएको प्रजिअ कणेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाबाट चालु वर्षको तीन महिनामा ७ हजार १ सय ३४ जनाले नेपाली नागरिकता पाएका छन् । असोजमा मात्र २ हजार ५ सय ८२ जनाले नेपाली नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

- ADVERTISEMENT -