April 26, 2025

कक्षा १२ को नतिजा मंसिरको दोस्रो साता

November 12, 2021
- ADVERTISEMENT -

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने जनाएको छ ।
नतिजा प्रकाशनका लागि ५० प्रतिशतभन्दा बढी सम्पन्न भएकोले मंसिर दोस्रो साताभित्र नतिजा आउने भएको हो । अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायतका काम एकै पटक भइरहेको बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले जानकारी दिए ।
भदौ ३० गतेदेखि असोज ८ सम्म सञ्चालन भएको परीक्षामा ३ लाख ७२ हजार ३४८ जना विद्यार्थीहरु सहभागी थिए ।

- ADVERTISEMENT -