March 15, 2025
- ADVERTISEMENT -

भीम विक हत्या प्रकरण : दुबै आरोपी पूर्पक्षका लागि थुनामा

November 12, 2021

चितवन / चितवन जिल्ला अदालतले हत्या आरोपका लागेका ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाएको छ ।
भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको हत्या आरोप लागेका उनीहरुलाई अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा पठाएको हा ।
अदालतले आवेश प्रेरित हत्या भनी अभियोग लगाइएका दुबै जना थुनामा गएका हुन् ।
गत २८ असोज बिहीबार दुर्गाचोकमा आरोपित बस्नेत र श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप छ ।
आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो । पोष्टमार्टम रिर्पोटमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।
प्रहरीका अनुसार परिवारले अझै पनि शव बुझेको छैन । भीमबहादुर विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानव अधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो ।

- ADVERTISEMENT -