भक्तपुर / दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवासायमा बल्ल आशा पलाउन थालेको हो ।
लामो समयपछि विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको छ । विदेशी पर्यटकको प्रमुख आकर्षण र गन्तव्य बन्दै आएको नगरपालिका क्षेत्रमा अहिले दैनिक ६० देखि ९० जनासम्म पर्यटक आउन थालेका हुन् ।
यहाँ आउनेमा भारतीय पर्यटक सबभन्दा बढी रहेकामा युरोपका पर्यटकको पनि आगमन बढ्न थालेको छ । नगरपालिकाको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले पर्यटकबिना सुनसान बनेको भक्तपुरको सम्पदामा विदेशी पर्यटक देखिन थालेपछि रौनक बढेको बताउनुभयो ।
पर्यटकको आगमन हुन थालेपछि नगरपालिकाले सुरक्षितरूपमा पर्यटन व्यवसाय सञ्चालन एवं पर्यटकलाई सुरक्षित राख्ने गरी योजना अगाडि सारेको छ । नगरपालिकाले पर्यटकलाई कोभिडबाट सुरक्षित रहने वातावरण बनाउन आवश्यक तयारी गरेको छ । होटल व्यवसायीसँग पनि पर्यटकलाई कोभिडबाट सुरक्षित राख्ने गरी व्यवस्थापन गर्न व्यवसायीसँग छलफल गर्दै आएको छ ।
यद्यपि अहिले भक्तपुर आउने पर्यटक भने धेरैजसो दिनभरि घुमेर फर्कने गरेका छन् । रात बस्ने गरी आउने पर्यटक फाट्टफुट्टमात्रै भएकाले होटल व्यवसाय भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
विदेशी पर्यटकबाट वार्षिक करिब रु २६ करोड राजस्व सङ्कलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी व्यहोर्नुपरेको छ । केन्द्रका प्रमुख लासिवाले भन्नुभयो, “आर्थिक वर्ष २०७६÷७७ मा करिब रु २६ करोड पर्यटन शुल्कबाट राजस्व सङ्कलन भएकोे थियो, कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि आव २०७७÷७८ मा जम्मा रु २९ लाखमात्रै पर्यटन शुल्क उठ्यो, चालु आवमा भर्खर पर्यटक आउन थालेका छन् ।”
पर्यटन शुल्कबाट उठेको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिँदै उहाँले कोरोना भाइरसको महामारीका कारण दुई वर्षमा करोडौँ नोक्सान व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । पर्यटन सूचना केन्द्रका प्रमुख लासिवाका अनुसार यस वर्ष साउन महिनामा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म एक हजार ९२३ पर्यटकको आगमन भइसकेको छ । पर्यटक आउने सङ्ख्या बढ्दै गएको छ ।
पहिलो लकडाउन अगाडिसम्म भक्तपुरमा दैनिक तीन हजार र वार्षिक दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका थिए । नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रतिपर्यटक रु ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रतिपर्यटक रु एक हजार ५०० पर्यटन शुल्क सङ्कलन गर्दै आएको र यो नै मुख्य आयस्रोत रहँदै आएको छ । विगत वर्षमा यहाँ आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनका र त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशबाट आउने गरेका थिए । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन १४ स्थानमा काउन्टर स्थापना गरेको छ ।
नगरपालिकाले भूकम्पपछि भत्किएका सम्पदाको पुनःनिर्माण गर्दै आएको छ भने कतिपय पुरिएका र गौण रहेको महत्वपूर्ण सम्पदाको पुनःनिर्माण पनि थालेको छ । जसअन्तर्गत दूधपाटीस्थित भाजु पोखरी पुनःनिर्माण भइरहेको छ भने नेपाली सेनाको क्याम्पभित्र लोप हुने अवस्थामा पुगेको रानीपोखरीे पुनःनिर्माण गरी नेपाली तथा विदेशी पर्यटकको अवलोकनका लागि खुला गर्ने तयारी छ ।
नेपालमा अंङ्ग्रेजी महिनाको अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई हप्तालाई पर्यटकीय याम मानिँदै आएको छ । अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बरको अन्ततिर स्वदेश फर्कने गरेका छन् । केन्द्रका अनुसार विगतमा नेपाल भ्रमणमा आएका करिब ३५ प्रतिशत पर्यटक भक्तपुरको सम्पदा अवलोकनका लागि आउने गरेका र तीमध्ये धेरैजसोले यहाँ तीन÷चार घण्टामात्रै बिताउने गरेका थिए ।
पर्यटकको बसाइ लम्ब्याउन आवश्यक ठानेर नगरप्रमुख सुनिल प्रजापतिले व्यवसायीहरूसँग छलफल गर्दै विभिन्न अयोजना अगाडि सार्नुभएको थियो । कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि त्यस्ता योजना पनि थाँती रहेका थिए । पर्यटकको आगमन बढ्न थालेपछि तीनलाई आकर्षित गर्न, बसाइ लम्ब्याउन र रात्रिकालीन पर्यटनलाई बढावा दिनेबारे कार्यक्रम ल्याउने योजना बानइएको छ ।
दुई वर्षपछि पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको पोटरी स्क्वायरका क्यूरो व्यवसायी विनोद प्रजापतिले बताउनभयो । विदेशी पर्यटकलाई आकर्षित गर्न सरकार र स्थानीय तहले आफ्नो क्षेत्रमा विशेष योजना ल्याएमा थला परेको पर्यटन व्यवसायले पुनःजीवन पाउने उहाँको भनाइ थियो ।
- ADVERTISEMENT -

पर्यटकीयस्थलमा विदेशी पर्यटकको चहलपहल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














