चितवन / नेत्र बिक्रम चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा चितवनबाट पक्राउ परेका १६ जना पक्राउ परेका थिए । उनीहरुलाई बन्द खुले लगत्तै रिहा गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहले मंगलवार बिहानैदेखि चितवन लगायत देशभर वन्दको आह्वान गरेको हो । बिहान सबेरैदेखि भएको बन्द साँझ पाँच बजे खुलेसँगै पक्राउ परेका कार्यकर्तालाई प्रहरीले रिहा गरिएको छ ।
अबका दिनमा यस्ता कार्य नगर्ने नगराउने शर्तमा रिहा गरिएको चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । बन्द गर्दै हिँडेका ९ जना कार्यकर्तालाई नारायणगढको लायन्सचोकबाट प्रहरीले पक्राउ गरेको थियो भने अन्यलाई बाइपास रोड लगायत विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बन्दले दिनभर यातायात नचलेपछि लामो यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको थियो । बन्द खुलेसँगै चितवनका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आएका छन् ।
बन्दको दिन यातायात अबरुद्ध गर्न खोजेपछि बिप्लवका कार्यकर्ता र प्रहरी बिच केहिबेर घम्साघम्सि समेत भएको थियो । बन्दका कारण चितवनको नारायणगढ, हाकिमचोक, टाँडी, पर्सा, चनौलीलगायतका बजारहरु बन्द भएका थिए ।
- ADVERTISEMENT -

विप्लवका १६ कार्यकर्ता बन्द खुलेसँगै रिहा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.11
149.71

European Euro
1
175.98
176.69

UK Pound Sterling
1
202.37
203.19

Swiss Franc
1
191.17
191.94

Australian Dollar
1
106.27
106.70

Canadian Dollar
1
108.43
108.87

Singapore Dollar
1
117.32
117.79

Japanese Yen
10
9.39
9.43

Chinese Yuan
1
21.88
21.96

Saudi Arabian Riyal
1
39.73
39.89

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
40.60
40.76

Malaysian Ringgit
1
37.74
37.89

South Korean Won
100
10.14
10.18

Swedish Kroner
1
16.28
16.35

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.04
19.11

Kuwaity Dinar
1
486.73
488.69

Bahrain Dinar
1
395.26
396.85

Omani Rial
1
387.29
388.85











