जनकपुरधाम / सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परेर इश्वरपुर–१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका१२ घारीबथानस्थित भित्री सडक खण्डमा आफैं अनियन्त्रित भई रुखमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
November 17, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
