चितवन / नेकपा एमालेको चितवनमा हुन गइरहेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको छ । महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना काम तीव्र रुपमा अगाडि बढाएका छन् ।
महाधिवेशनलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको छ । जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारी र यातायात प्रबन्ध समितिको संयोजकमा कृष्ण भुर्तेल रहेका छन् ।
आर्थिक प्रबन्ध समितिका संयोजक जगन्नाथ (जेएन) थपलियाले आर्थिक प्रबन्ध समितिलाई पूर्णता दिएर व्यवस्थित ढंगले योजना बनाउँदै अगाडि बढेको बताए । थपलियाकाअनुसार पार्टी पंक्तिभित्र र पार्टीका शुभेच्छुकहरुसँग मात्रै आर्थिक संकलन गर्नेगरी काम भइरहेको छ ।
कार्यालय समन्वय समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले समितिलाई आज पूर्णता दिइने बताए । पोखरेलकाअनुसार महाधिवेशन प्रतिनिधिहरुलाई बेलुकाको खाना उनीहरु बस्ने होटलमा नै र बिहानको खाना बन्दसत्र होटल सेभन स्टार सौराहा हुँदैछ । मंसिर ११ गते बेलुकाको खाना पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्ने छन् । सबै प्रतिनिधिहरुलाई पार्टी अध्यक्ष ओलीको तर्फबाट सेभेन स्टारमा रात्रिभोजको आयोजना हुनेछ ।
प्रचार सहयोग समिति चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेशण, प्रचारका सामग्रीहरुको वितरण तथा व्यवस्थानको काम भइरहेका समितिका सदस्य सचिव तिलकराम रिमालले बताए । जिल्लामा १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको भन्दै रिमालले जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्ग गरी ३५ वटा स्थानमा स्वागतद्वार निर्माण गरिने बताए । समितिले प्रचार सामग्री पालिका र वडा तहसम्म पु¥याउने काम गरिरहेको भन्दै माइकिङको समेत तयारी भइरहेको रिमालले बताए ।
जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने हिसाबले कामलाई तीव्रता दिइएको बताए । महाविधेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्ने गरी पालिका र वडाहरुमा समन्वय गरिरहेको ज्ञवालीको भनाइ छ । नेकपा एमालेको महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिए ।
महाधिवेशनमा व्यापक रुपमा जनसहभागिता गराउँदै उद्घाटन स्थलमा जनसागर उतार्नका लागि पालिका र वडाको कमिटीसँग समन्वय भइरहेको भुर्तेलले बताए । महाविधेशन उद्घाटनका दिन मुख्य राजमार्गमा सवारीको चाप बढी हुने भएकाले यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको भुर्तेलले बताए ।
चितवनमा आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गरिने भन्दै भुर्तेलले केन्द्रीय बसपार्क, वागीश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधन पार्किङ गर्नेगरी काम भइरहेको बताए । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारीको काम अगाडि बढिरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एमाले १०औँ महाधिवेशन : तयारी तीव्र, ३५ स्थानमा स्वागतद्वार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88










