चितवन / नेपाली कांग्रेस १४औं महाधिवेशन प्रतिनिधि जनजाति तर्फका उमेदवार सूर्य श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन् । जनजाति तर्फका उमेदवार श्रेष्ठले चुनावमा धाँधली भएको भनी आइतबार पत्रकार सम्मेलन मार्फत एक प्रेस विज्ञप्ति जारी असन्तुष्टि व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, – ‘उमेदवारलाई मत गणना स्थलमा जान रोक लगाउनु, मुचुल्का र कागजपत्रमा सही नगराउनुले चुनावमा धाँधली भएको भन्नु पर्ने बाध्यता रहेको छ ।’
श्रेष्ठले १४औं महाधिवेशनका अन्य कार्यकर्ताहरुले पनि दुःख मनाउन गरेको बताए । ०६२/०६३ जनआन्दोलनको समयमा नेपाली कांग्रेस पार्टीको लागि घाइते योद्धाहरुको महाधिवेशनमा कुनै मूल्याकंन नै नभएको उनले आरोप लगाए ।
उनले जनआन्दोलनका घाइते योद्धाहरुलाई तिरस्कार, अपमान गर्नु इतिहासको कलंक भएको बताए । महाधिवेशनमा देशको लागि लड्ने घाइते योद्धाहरुको केही अराजक व्यक्तिहरुका कारण अवमूल्यन र राष्ट्रकै लागि विडम्बना भएको उनको भनाइ थियो ।
उनी नेपाली कांग्रेस १४औं महाधिवेशन प्रतिनिधि जनजातितर्फ क्षेत्र नं. २ का दावेदार उमेदवार मानिएको थियो भने जनआन्दोलन शहीद परिवार तथा घाइते समिति चितवनका अध्यक्ष समेत हुन् ।
- ADVERTISEMENT -

चितवनका उमेदवार श्रेष्ठको चुनावमा धाँधली भएको आरोप
November 29, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
