२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक’

प्रकाशित मिति : २०७८ मंसिर १७ गते

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । “विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ”, उहाँले भन्नुभयो, “जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको छ ।”
राष्ट्रपति भण्डारीले पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखापरेको र अघिल्ला भेरिएन्टको तुलनामा यसको सङ्क्रमण दर पनि धेरै हुने भनिएको उल्लेख गर्दै नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्याण्डसलगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्वतयारीमा जोड दिन आग्रह गर्नुभयो ।
सवै नागरिकलाई खोप
राष्ट्रपति भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’समेत उपलब्ध गराउन आग्रह गर्नुभयो । “खोप लगाउने कार्यलाई निरन्तरता दिँदै हामीले फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको पाछिल्लो अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाइमा सफलता प्राप्त गर्न सकिन्छ ।”
राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुनसक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तहअन्तर्गतका संरचनात्मक व्यवस्थालाई एकीकृत र जवाफदेहीरूपमा परिचालन गर्न आग्रह गर्नुभयो ।
“अक्सिजन र अत्यावश्यकीय औषधिमा हुन सक्ने अभाव र कालाबजारी नियन्त्रण गर्न औषधि व्यवस्था विभाग र सुरक्षा टोली परिचालन गर्नुहोस्”, उहाँले भन्नुभयो, “अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न छोटै समय लाग्ने र लगानी पनि त्यति ठूलो नपर्ने भएकाले देशभरी विगत एक वर्षमा धेरै अक्सिजन प्लान्ट थपिएका छन् । तीनको अवस्था निरन्तर अवलोकन गरी मर्मत्सम्भार गरेर अक्सिजनको व्यवस्था गर्नुपर्दछ ।”
पीसीआर परीक्षणलाई हरेक जिल्लासम्म पु¥याउन र अस्पतालमा बिरामीको हेरचारका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्न पनि राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवम् मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको भन्दै यसक्रममा कोभिड–१९को महामारीसँग लड्न अग्रपङ्क्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सपÞmाइकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले एक हजार ६०० खोप केन्द्रमा प्रतिदिन दुई लाख दरले खोप लगाउन थालेको बताउनुभयो । उहाँले दुई करोड ६८ लाख मात्रा खोप लगाइसकेसमेतको राष्ट्रपति भण्डारीलाई जानकारी दिनुभयो । यो भनेको खोप लगाउन योग्यको २८ प्रतिशत हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36