काठमाडौँ / सर्वोच्च अदालतमा पाँचसातापछि निकै उत्साहजनक सुनुवाइ भएको छ । आज १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ । न्यायाधीशहरु दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि २१ थान मुद्दा तोकिएको थियो । त्यसमध्ये १२ वटा मुद्दामा आदेश भएको छ । हेर्न नमिल्ने तीन मुद्दा र निवेदकतर्फबाट स्थगित गरेका छ मुद्दाबाहेक अधिकाश मुद्दामा सुनुवाइ भएको छ । हेर्न नभ्याइने सूचीमा एउटा पनि मुद्दा छैन ।
त्यस्तै न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलासमा १५ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो । त्यसमध्ये चार मुद्दामा आदेश र दुई थान मुद्दामा फैसा भएको छ । हेर्न नभ्याइने सूचीमा जम्मा तीन थान मुद्दा मात्र छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा सुनुवाइका लागि चार थान मुद्दा तोकिएको थियो । चारै थान मुद्दामा आदेश भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा तीन थान मुद्दामा पेसी तोकिएको थियो । त्यसमा दुई थान मुद्दामा आदेश भएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा एक थान मुद्दामा पेसी तोकिएको थियो । त्यसमा फैसला भएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा १९ थान पेसी तोकिएकोमा दुई मुद्दामा फैसला र पाँच मुद्दामा आदेश भएको छ ।
सुनुवाइका लागि ११ वटा इजलास गठन भएका थिए । तीमध्ये नौ वटा संयुक्त र दुई एकल इजलास रहेका थिए । आज शुक्रबारको दिन पनि समयअवधिभर अधिकांश इजलासमा मुद्दामा राम्रो सुनुवाइ भएको देखिएको छ ।
“पाँच सातापछि सर्वोच्च अदालतमा मुद्दाको आकर्षक सुनुवाइ भएको छ”, सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले भन्नुभयो, “आज १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ, अधिकांश इजलासमा आज पूरै समयाधिभर सुनुवाइ भएको छ ।”
सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना भएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारीरूपमा सुनुवाइ हुन सकेको थिएन । यद्यपि आजदेखि न्यायाधीशहरु पूर्णरूपमा काममा फर्किनुभएको छ ।
प्रधानन्यायाधीश राणा पनि आज अस्पतालबाट घर फर्कनु भएको छ । उहाँ उपचारका लागि सशस्त्र प्रहरी बलको अस्पतालमा सोमबार भर्ना हुनुभएको थियो ।
सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । बन्दी र निवेदनका मुद्दाबाहेक अरु मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।
यही मङ्सिर १५ गतेदेखि न्यायाधीश र नेपाल बार एसोसिएनको मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ । आजदेखि न्यायाधीश पूर्णरूपमा इजलासमा बसेर सुनुवाइ गर्न थाल्नुभएको छ ।
- ADVERTISEMENT -

सर्वोच्चमा उत्साहजनक सुनुवाइ : १२ मुद्दामा फैसला, २९ मुद्दामा आदेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












