२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

अमरापुरीमा सुनको सिक्री लुटेर भाग्ने ३ जना पक्राउ

प्रकाशित मिति : २०७८ पुष ६ गते
Photo : Halkaro

गैँडाकोट / गैँडाकोट नगरपालिका १६ अमरापुरीमा ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट १ थान पेस्तोल र ४ राउण्ड गोलीसमेत प्रहरीले बरामद गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी ९पश्चिम० रुपौलिया गाउँपालिका १ बस्ने २२ वर्षीय रामबहादुर क्षेत्री, गैँडाकोट नगरपालिका १४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी ९पश्चिम० सुस्ता गाउँपालिका ९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् । स्थानीय महिला पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्दै गर्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
स्थानीयबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले तत्काल अन्य दुई जनालाई नियन्त्रणमा लिएको थियो । गैँडाकोट नगरपालिका १४ स्थित भाग्दै गरेको अवस्थामा अन्य दुईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
संजय गुरुङको साथबाट एउटा पेस्तोल फेला पारेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04