२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

‘बोल्ने मात्रै हैन काम गरेर देखाउँछु’ – मन्त्री भडेल

प्रकाशित मिति : २०७८ पुष १२ गते

–प्रमिला तामाङ
चितवन । तमु खेमा समाजले ल्होसारको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समाजलाई तमू प्ये ल्हु संघ चितवनको सहजीकरणमा सोमबार भरतपुर–९, भोजाडमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
बागमति प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णलाल भडेल दियो बत्ती प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री भडेलले तमु खेमा समाजको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पदमा रहे पनि नरहे पनि यस समाजको लागि बोल्नै मात्र हैन काम गरेर देखाउने दावी गरे । गुरुङ समुदायको धर्म संरक्षण र जगेर्नाको लागि भवन निर्माण कार्यको डिपिआर तयार गर्न आग्रह गरे भने सम्पन्न गर्न आवश्यक रकम मध्ये बीस देखि तीस लाखसम्म उपलब्ध गराउने विश्वास दिलाए ।


धर्म र संस्कृति, परमपूज्यले परापूर्वकालदेखि आर्जेको सम्पत्तिलाई संरक्षण, सम्बद्र्धन र निरन्तरता दिने जिम्मेवारी सबैको भएको उनको भनाइ थियो । उनले परमपूज्यहरुले आर्जेको धर्म रहे मात्र हामी रहने, धर्म नरहे हामी रहेको केही अर्थ नहुने बताए ।
विभिन्न राजनीतिक तरंगले गुरुङ समुदायको हराएको विदालाई बागमती प्रदेश सरकार क्याविनेटमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले धर्ममा कुनै पनि राजनीतिक गन्ध आउन नहुने र धर्म बचाउन एकत्रीत हुन आह्वान गरे । सबै भाषाभाषी धर्म रहे हामी रहन्छौ, नेपाल रहन्छ, भाषाभाषी नै नरहे केही पनि नरहे उनले भने ।
तमु प्यु ल्हु संघ चितवनका निवर्तमान अध्यक्ष जगत टु तमुले ल्होसारको एक दिनको विदा पनि राज्यले काटेर तमुहरुप्रति घोर अन्याय गरेको आरोप लगाए । राजनैतिक सत्ताबाट टाढा रहेकोले आदिवासी जनजातिले अधिकारको लागि फराकिलो ढंगले आन्दोलन गर्न नसकेको कारण राज्यसत्ताबाट अधिकारबाट बञ्चित र तृरस्कृत गरिएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement


राज्यसत्ताले अहिलेसम्म गुरुङ समुदायलाई आर्थिक रुपले कहिँ कतै पनि सहयोग नगरेको उनले बताए । विभिन्न राजनीतिक दललाई सम्मान र अनुरोध गरेपनि सधैँ ओझेल परेको अवस्थामा रहेको उनको गुनासो थियो ।
कार्यक्रममा समाजलाई विभिन्न कोणबाट सहयोग पु¥याउनु हुने पत्रकार, विभिन्न संघसंस्थाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । स्थानीय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम तथा नृत्य, गायन मार्फत उपस्थित तमु समुदायलाई झुमाएका थिए ।
यस वर्षको ल्होसारमा गाई वर्गलाई विदाई गर्दै बाघ वर्गको स्वागत गरिने छ । पौष १४ गते बेलुका १२ बजे रातिबाट बाघ वर्गमा ल्होसार प्रवेश हुनेछ । गुरुङहरुको पर्व ल्होसार तमु प्ले ल्हु संघले चितवनका तमू समुदायलाई संगठित गर्दै हरेक वर्ष मनाउदै आएको छ ।
कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04