April 30, 2025

नवलपुरमा ३६ लाखको अवैध ब्याट्री बोकेको ट्रकसहित तीन पक्राउ

December 28, 2021
- ADVERTISEMENT -

नवलपुर / नवलपुरमा अवैध ब्याट्री बाकेको मालबाहक ट्रक सहित तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । पुर्वबाट पश्चिम जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १५५२ नं. को ट्रकमा अवैध रुपमा लैँजादै गरिएको २४.१६० टन (पुराना कागजात नभएका ) ब्याट्री सहित तीनजना पक्राउ परेको सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिए ।
पक्राउ पर्नेमा ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका वडा नं. २ का बर्ष २७ का प्रमोद राय, रौतहट परौवा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४७ का निरज कुमार जैसवाल र सर्लाही मलङ्गवा नगरपालिका वडा नं. २ बस्ने बर्ष १८ का आकाश कुमार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
पक्राउ परेका अबैध व्याट्रीहरुको बजारमुल्य करिव ३६ लाख २४ हजार बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कार्वाहीको लागी ट्रक सहित राजश्व अनुसन्धान कार्यालय वुटवल रुपन्देही पठाईएको छ ।

- ADVERTISEMENT -