चितवन / चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (बुधबार) भरतपुरमा वार्षिक पूर्व समिक्षा कार्यक्रममा सन २०२१ मा जिल्लाभर ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएको जनाएको हो । इन्सेकको तथ्याङ्क अनुसार एक वर्षमा जिल्लाभर बाल अधिकार सम्बन्धि ५० वटा घटना घटेका छन् ।
जसमध्ये बलात्कारका घटना २९, यौन दुव्र्यवहारका घटना १८, बाल बेचबिखनका घटना ३, बाल बिबाहका १ वटा घटना दर्ता भएका छन् । यी मध्ये एक जना बालकमाथि यौन दुव्र्यवहार भएको छ भने, बाँकी १७ बालिका रहेको इन्सेकले जनाएको छ । त्यस्तै चितवनमा यस वर्ष कुटपिटबाट २ जना पुरुषको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी एक जना पुरुषको हत्या भएको छ भने, १ जना महिलाको अप्रत्याशित हत्या भएको छ ।
इन्सेकले दिएको जानकारी अनुसार घरेलु हिंसाका घटना १, बहुविवाहका घटना १०, महिला बलात्कारका घटना १६, बलात्कार प्रयासका घटना ७ र यौन दुव्र्यवहारका घटना ३ गरी ३७ वटा घटना भएको इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटना केही कम भएका छन् । उनका अनुसार अघिल्लो वर्ष कुल १०६ वटा घटना भएका थिए । उनका अनुसार गत वर्ष चितवनमा ११० वटा घटना संकलन भएका थिए ।
जसमध्ये महिला बलात्कारका १५, बलात्कार प्रयासका ७ घटना भएका छन् । सोही वर्ष बालिका कलात्कारका ३६ वटा र ५ वटा बलात्कार प्रयासका घटना भएका थिए । भने ६ जना बाल बालिकामाथि यौन दुव्र्यबहार भएको थियो । गत वर्ष चितवनमा ४ महिला र ५ पुरुषको हत्या, बह्विवाहका घटना १४, आत्महत्या दुरुत्साहनका घटना ३, मानव वेचविखनका घटना ४, वम विस्फोटका १, हतियार सम्बन्धी १ र राज्य विरुद्धका अपराधका ५ वटा घटना भएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम प्रसाद अधिकारीले मानव अधिकारका घटना कम हुँदै गएको भन्दै यस्ता घटनालाई न्यूनिकरण गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताए । पछिल्लो समय प्रविधिको दुरुपयोग गरी यस्ता घटना घटेको अभिभावकले बालबालिकालाई यसप्रति सचेत गराउन समेत उनले आग्रह गरे ।
- ADVERTISEMENT -

चितवनमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना : इन्सेक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













