सप्तरी / सप्तरीको सप्तकोशी नगरपालिकामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदामा दुई जनाको मृत्यु भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर–फतेपुर सडक खण्डमा स.५प ३११८ र को. २२ प १५५८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर स ५प ३११८ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका वडा नं. ७ का सुभास बस्नेत र को. २२ प १५५८ नम्बरको मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमा टोलका २८ वर्षीय हरिशंकर चौधरीको मृत्यु भएको हो । दुवैको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा मृतक बस्नेतकी पत्नी ममता सापकोटा, उनका ८ वर्षीय छोरा सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।चौधरीको मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय रोहित चौधरी पनि घाइते भएको र उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै मोटरसाइकल नियन्त्रणमा लिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
January 2, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
