April 19, 2025

एभरेष्टको शानदार जीत, आज रामपुर र बगान भिड्दै

January 7, 2022
- ADVERTISEMENT -

चितवन / सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा एभरेष्ट क्लब चितवनले सानदार जित हात पारेको छ । खेलमा क्लबका आशिष गजुरेलले हृयाट्रिक गरेपछि उक्त क्लब बिहीबार शानदार विजयी हुन सफल भएको हो ।
प्रतियोगितामा एभरेष्टले नारायणी एफसीलाई ४–१ ले पराजित गरेको हो । यस्तै सोही खेलमा एभरेष्टका राम गुरुङले थप एक गोल गरेका हुन् । जारी लिगको पहिलो हृयाट्रिक हो ।
यस्तै नारायणीका बिबेक परियारले एक गोल फर्काए । पहिलो हाफमा २ गोल गरेको एभरेष्टले दोस्रो हाफमा पनि २ गोल थप्यो । खेलको चौथो मिनेटमा नै एभरेष्टले अग्रता लिएको थियो । खेलमा एभरेष्टका रामले पहिलो गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा आशिषले गोल गर्दै एभरेष्टलाई दोहोरो अग्रता दिलाए ।
यसैबीच दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बिबेकले ५७ औं मिनेटमा गोल गर्दै नारायणीमा खेलमा फर्काउने संकेत गरेका थिए ।
तर लगत्तै ५८ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एभरेष्टको अग्रता ३–१ मा लम्बाए । लगत्तै ६० औं मिनेटमा आशिषले हृयाट्रिक पूरा गरेपछि एभरेष्ट ४(१ ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच एभरेष्टका आशिष चुनिए । जितसंगै एभरेष्टले समूहमा ३ अंक सुरक्षित गरेको छ ।
बिहीबार नै भएको पहिलो खेलमा सन्तोष तामाङको उत्कृष्ट प्रदर्शनको मद्तमा हर्दी युवा समाजले एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २–१ ले पराजित गरेको थियो । निकै रोमाञ्चक खेलमा हर्दीलाई जिताउन सन्तोष तामाङले दुई गोल गरे ।
एस्ट्रलका राहुल दुराले एक गोल फर्काए । रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा एस्ट्रलले गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो । एस्ट्रलले मौका सृजना गरे पनि फिनिसिङ कमजोर देखियो ।
खेलको ७२ औं मिनेटमा सन्तोषले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए । तर हर्दीको अग्रता ३ मिनेट पनि टिक्न सकेन । ७५ औं मिनेटमा एस्ट्रलका राहुलले बराबरी गोल फर्काए । लगत्तै ७६ औं मिनेटमा सन्तोषले गोल गर्दै हर्दीको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दि म्याच हर्कीका सन्तोष घोषित भए । लिग अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछ । शुक्रबारको पहिलो खेलमा रामपुर फुटबल क्लब र बगान यात्रा ग्रुप भरतपुर भिड्नेछन् । यो खेल १ बजे हुनेछ । शुक्रबार नै दिउँसो ३ः३० बजे पानस युवा क्लब र वातानिसो गीतानगर व्बाइज खेल्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।
लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ बजार प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -