२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

एभरेष्टको शानदार जीत, आज रामपुर र बगान भिड्दै

प्रकाशित मिति : २०७८ पुष २३ गते

चितवन / सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा एभरेष्ट क्लब चितवनले सानदार जित हात पारेको छ । खेलमा क्लबका आशिष गजुरेलले हृयाट्रिक गरेपछि उक्त क्लब बिहीबार शानदार विजयी हुन सफल भएको हो ।
प्रतियोगितामा एभरेष्टले नारायणी एफसीलाई ४–१ ले पराजित गरेको हो । यस्तै सोही खेलमा एभरेष्टका राम गुरुङले थप एक गोल गरेका हुन् । जारी लिगको पहिलो हृयाट्रिक हो ।
यस्तै नारायणीका बिबेक परियारले एक गोल फर्काए । पहिलो हाफमा २ गोल गरेको एभरेष्टले दोस्रो हाफमा पनि २ गोल थप्यो । खेलको चौथो मिनेटमा नै एभरेष्टले अग्रता लिएको थियो । खेलमा एभरेष्टका रामले पहिलो गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा आशिषले गोल गर्दै एभरेष्टलाई दोहोरो अग्रता दिलाए ।
यसैबीच दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बिबेकले ५७ औं मिनेटमा गोल गर्दै नारायणीमा खेलमा फर्काउने संकेत गरेका थिए ।
तर लगत्तै ५८ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एभरेष्टको अग्रता ३–१ मा लम्बाए । लगत्तै ६० औं मिनेटमा आशिषले हृयाट्रिक पूरा गरेपछि एभरेष्ट ४(१ ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच एभरेष्टका आशिष चुनिए । जितसंगै एभरेष्टले समूहमा ३ अंक सुरक्षित गरेको छ ।
बिहीबार नै भएको पहिलो खेलमा सन्तोष तामाङको उत्कृष्ट प्रदर्शनको मद्तमा हर्दी युवा समाजले एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २–१ ले पराजित गरेको थियो । निकै रोमाञ्चक खेलमा हर्दीलाई जिताउन सन्तोष तामाङले दुई गोल गरे ।
एस्ट्रलका राहुल दुराले एक गोल फर्काए । रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा एस्ट्रलले गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो । एस्ट्रलले मौका सृजना गरे पनि फिनिसिङ कमजोर देखियो ।
खेलको ७२ औं मिनेटमा सन्तोषले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए । तर हर्दीको अग्रता ३ मिनेट पनि टिक्न सकेन । ७५ औं मिनेटमा एस्ट्रलका राहुलले बराबरी गोल फर्काए । लगत्तै ७६ औं मिनेटमा सन्तोषले गोल गर्दै हर्दीको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दि म्याच हर्कीका सन्तोष घोषित भए । लिग अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछ । शुक्रबारको पहिलो खेलमा रामपुर फुटबल क्लब र बगान यात्रा ग्रुप भरतपुर भिड्नेछन् । यो खेल १ बजे हुनेछ । शुक्रबार नै दिउँसो ३ः३० बजे पानस युवा क्लब र वातानिसो गीतानगर व्बाइज खेल्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।
लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ बजार प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51