२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

टुटेपानीमा ‘एक घर, एक खानेपानी’, विद्युत लिफ्टिङमार्फत धारा जडान

प्रकाशित मिति : २०७८ पुष २६ गते
Photo : Halkaro

तनहुँ / भानु नगरपालिका–१३ टुटेपानी गाउँमा विद्युतीय लिफ्टिङ प्रणालीमार्फत ‘एक घर एक खानेपानी’को धारा जडान गरिएको छ । गाउँभन्दा ९० मिटर तल रहेको आहालडाँडा खोलाबाट विद्युतमार्फत लिफ्टिङ गरेर घरघरमै खानेपानीको धारा जडान गरिएको हो ।
गाउँमा ३५ धारा जडान गरिएको छ । ३२ घरसँगै दुई सामुदायिक भवन र अरनिको माध्यमिक विद्यालयमा खानेपानीको धारा जडान भएको छ । उपभोक्ता समितिमार्फत खानेपानी योजनाको काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर बामदेव पौडेलले बताए ।
९१ लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरेर सुरु काम भएको आहालडाँडा खानेपानी योजना ४० लाख रुपैयाँ कममै सम्पन्न भएको छ । ५१ लख रुपैयाँ मात्र खर्च भएको उनले बताए । सोलार लिफ्टिङको सट्टा विद्युतीय लिफ्टिङ गरेकाले काम लागतमा योजना सम्पन्न भएको उनले जनाए । सोलार लिफ्टिङ मर्मतमा बढी खर्चिलो हुने भएकाले विद्युतीय लिफ्टिङ गरेको उनको भनाई छ ।
आहालडाँडा खानेपानी योजनाको काम निर्धारित छ महिना अगावै काम सकिएको छ । ‘असार मसान्तसम्म म्याद थियो । मंसिरमै काम सकियो । पुसमा उद्घाटन गर्‍यौं’, इन्जिनियर पौडेलले भने । २०७६ कात्तिकदेखि घरघरै खानेपानी पुर्‍याउनलाई काम सुरु भएको हो ।
स्थानीय कौशिला गुरुङका अनुसार गाउँमा पुराना सात वटा खानेपानीको धारा थियो । धारामा ल्याईएको पानीको मूल सुकेपछि चार महिना पधेरोबाट पानी बोकेर दैनिकी गुजार्नुपर्ने बाध्यतामा थिए गाउँले । ‘माघदेखि वैशाखसम्म टुटेपानी पधेरोबाट खानेपानी बोकेर प्रयोग गरिन्थ्यो’, उनले अगाडी थप्दै भनिन्, ‘सक्नेले एक गाग्री पानी १५ मिनेटमा ल्याइपुर्‍याउथे । नसक्नेलाई त आधा घण्टा बढी पनि समय लाग्थो ।’
टुटेपानी तनहुँको पर्यटकीय गाउँ हो । गाउँवासी मिलेर केही वर्षदेखि होमस्टे चलाएका छन् । घरघरै खानेपानीको धारा भएपछि होमस्टे चलाउन सजिलो भएको आहालडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । ‘चौबिसै घण्टा धारामा पानी आउन थालेको छ । काम छाडेर पानी बोक्न जानु परेन । घरघरै धारा भएपछि होमस्टे फस्टाउने विश्वास लिएका छौँ’, उनले भने ।
गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत टुटेपानीमा घरघरै खानेपानी धारा जडान गरिएको हो । घरमै खानेपानीको धारा पाएपछि गाउँले दंग परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36