April 19, 2025

चितवनमा ह्वात्तै बढ्यो संक्रमित, एकैदिन थपिए ८१ जना

January 12, 2022
- ADVERTISEMENT -

चितवन / चितवनमा कोरोना संक्रमित ह्वातह्वाती बढेको छ । पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दोब्बरले बढेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनामा गरिएको पिसिआर परीक्षण र १२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ देखिएको हो ।
मंगलबार ३६७ जनामा गरिएको पिसिआर परीक्षण र २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४७ जनामा पोजिटिभ देखिएको थियो । आज बुधबार ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको छ । जसमा ८ जना विभिन्न अस्पतालको आइसोलेशेनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनमा हालसम्म २७ हजार ४४९ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमा ४३७ जनाले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -