चितवन / चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरिएको चरा गणनामा चराको सङ्ख्या घटेको देखिएको छ । गणनाका क्रममा नयाँ प्रजातिका चरा भेटिएनन् भने सङ्ख्या पनि कम देखिएको जनाएको हो । नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेश संयोजक वासु विडारीका अनुसार यस वर्ष २०६ प्रजातिका चरा गणना गरिएको छ । यीमध्ये ५५ प्रजाति पानीमा आश्रित चरा रहेका छन् ।
जसमध्ये सात हजार १९८ वटा चरा गणना गरिएको थियो । दुई सय छ प्रजातिका चरा गणना गर्दा १२ हजार ७७७ चरा भेटिएका थिए । गणनाका क्रममा धेरै देखिनेमा चखेवा प्रजातिका चरा रहेका थिए । उहाँका अनुसार गत वर्ष नदेखिएका पाँच प्रजाति यस वर्ष देखिए पनि नयाँ प्रजाति भने देखिएन ।
गत वर्षको गणनामा चार हजार ४१५ चखेवा देखिएकामा यस वर्ष तीन हजार ७९३ वटा मात्रै चखेवा देखिएका छन् । यसैगरी जलकौवा गत वर्ष एक हजार ४२१ देखिएकामा यस वर्ष ५४० वटा मात्रै देखिएको विडारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रजाति नघटे पनि सङ्ख्या भने घटेको छ ।” उहाँका अनुसार गत वर्षको गणनामा २३७ खोया हाँस देखिएकामा यस वर्ष २५७ मात्रै भेटिएका छन् ।
गत वर्ष नदेखिएका तर यस वर्ष देखिएका चरामा लामठुडे हाँस, सिन्दुरे हाँस, नादुन हाँस, कैलो टाउके हाँस र प्रवालपाद हाँस रहेका छन् ।
गत वर्ष देखिएका तर यस वर्ष नदेखिएका चराहरुमा सिदुरे डुबुल्की चरी, चित्राङ्ग, कालो टाउके गङ्गाचिल, राजगङ्गा चिल र ग्रेटर ह्वाइट फन्टेड कुज रहेका छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् भने तीमध्ये ६४२ प्रजातिका चरा चितवनमा पाइने गर्दछन् ।
नेपालमा हरेक वर्ष जनवरी १ देखि १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ । जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । चितवनमा भने जनवर ५ देखि गणना गरिएको हो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको छ ।
चितवनका बिसहजारी ताल, बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल, नहर क्षेत्र, लोथर खोलादेखि कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म चरण गणना गरिएको थियो ।
राप्ती नदीको घठगाईदेखि गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरदेखि गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटलगायत आसपासका क्षेत्रमा पनि चरा गणना गरिएको थियो ।
वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, हिमालयन नेचर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना भएको छ । गणनामा बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिएको थियो ।
- ADVERTISEMENT -

चितवनमा चराको सङ्ख्या घट्दै, भेटिएनन् नयाँ प्रजातिका चरा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














