April 19, 2025

चितवनमा हात्तीको आक्रमणमा परि सैनिकको मृत्यु

January 16, 2022
- ADVERTISEMENT -

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।
निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि शनिबार साँझ ध्रुवे हात्तीले आक्रमण गरेको थियो। साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेतिर ध्रुवे हात्तीले आक्रमण गरेको थियो। घाइते सैनिकको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
शनिबार साँझ सेनाको टोली साइकलमा गस्ती गएको थियो।

- ADVERTISEMENT -