काठमाडौं / राष्ट्रियसभा सदस्य निर्वाचनमा कोरोना भाइरस (कोेभिड–१९) संक्रमितले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले भोट हाल्न पाउने व्यवस्था गर्ने भनिएको हो ।
त्यसको लागि मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।
उनले भने,‘कोरोना संक्रमित भएको भए पनि ऊबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको छ ।’ राष्ट्रियसभाको १९ सदस्यका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ ।
राष्ट्रियसभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।
राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमितले पनि भोट हाल्न पाउने
January 19, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
