April 30, 2025

ओभरलोड बोक्ने ९७ टिपर कारबाहीमा

January 22, 2022
Photo : Halkaro
- ADVERTISEMENT -

हेटौंडा / तोकिएकोभन्दा बढी लोड बोक्ने ९७ वटाटिपरलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्लाको विभिन्न स्थानमा सवारी चेकजाँच गर्दै कारवाही गरेको हो ।
प्रहरीले हेटौंडा– ११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा–१ स्थित तिरतिरेधारा तथा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी चेकजाँच गरी ओभरलोड बोक्ने ९७ वटा टिपरलाई कारवाही गरेको हो ।
हेटौंडा बजार क्षेत्रमा तोकिएभन्दा बढी लोड टिपरले बोक्ने गरेको गुनासो सर्वत्र आएसँगै प्रहरीले सक्रियता देखाएको हो । विशेष गरी हेटौंडामा रहेको सिमेन्ट उद्योगको ढुङ्गा बोक्ने टिपरले ओभर लोड बोक्ने गरेका छन् ।

- ADVERTISEMENT -