April 26, 2025

नेपालमा थप १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

January 25, 2022
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिलो २४ घण्टामा २५ हजार ९०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको निधन भएको छ भने ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ ।
संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

- ADVERTISEMENT -