चितवन / चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३२प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ की ३१ वर्षीय अम्बिसा गुरुङ हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मृतक गुरुङको ९ वर्षीय छोरी र श्रीमान् घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु
February 14, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
