२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सात महिनामा ३० जना बेपत्ता

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते
- ADVERTISEMENT -

चितवन / चालु आर्थिक वर्षमा चितवन जिल्लाको विभिन्न स्थानबाट ३० जना व्यक्ति हराएका छन् । हराएको निवेदन परेका मध्ये सो संख्यामा व्यक्तिहरु सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २ सय ७० जना मध्ये २ सय ४० जना परिवारको सम्पर्कमा आएको भए पनि ३० जना सम्पर्कमा नआएका हुन । सम्पर्कमा नआउनेमा १३ जना महिला, १२ जना पुरुष, १ वालक, ३ बालिका र १ जना जेष्ठ नागरिक रहेका छन् ।
गत आर्थिक वर्षमा फेला नपरेका ४५ जना रहेका थिए । जस मध्ये १३ जना महिला, २७ जना पुरुष, २ जना बालिका र ३ जना जेष्ठ नागरिक रहेका थिए । हराएर फेला नपर्नेहरु साथीको घर जान्छु भनेर, स्कुलबाट घर नफर्किएर, बजार गएर आउँछु भनेर घरबाट निस्किएर घरमा नआएकाहरु बढी मात्रामा रहेको उनले जानकारी दिइन् । चालु आर्थिक वर्षको माघसम्म १ सय ६ जना महिला, ८३ जना पुरुष, १६ बालक, ४८ बालिका र १७ जना जेष्ठ नागरिक हराएको उनले भनिन् ।
उनीहरु मध्ये ९३ महिला, ७१ पुरुष, १५ बालक, ४५ बालिका र १६ जना जेष्ठ नागरिक परिवारको सम्पर्कमा आएका छन् । परिवारको सम्पर्कमा नआएकाहरुको खोजि कार्य भई रहेको नरालले बताए । कार्यालयको महिला सेलमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेका छन् । चालु आर्थिक वर्षको सात महिनामा २ सय ६१ वटा घरेलु हिंसाका घटना भएका छन् । खान लाउन नदिएको ६८ वटा, कुटपिटका १ सय २६ वटा र गाली वेइज्जतीका ६७ वटा रहेका छन् । नरालका अनुसार गत आर्थिक वर्षमा घरेलु हिंसाका घटना १ सय ५४ वटा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७६÷०७७ मा ८४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको उनले जानकारी दिए । हरेक वर्ष जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा परेका निवेदन मध्ये १ सय ८१ वटा मिलापत्र भएको छ । ५४ वटा निवेदन अदालतमा दर्ता भएको र २४ वटा निवेदन छलफलका क्रममा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -