April 30, 2025

उवा संघमा निर्विरोध बनेका १३ जना नै ८ उमेदवार जिताउन एक्यबद्ध

March 13, 2022
- ADVERTISEMENT -

चितवन / उद्योग वाणिज्य संघ चितवनको ०७८/०८० सम्मका लागि निर्विरोध नेतृत्वमा चुनिनु भएका अध्यक्ष चुननारायण श्रेष्ठसहित १३ जना नै बाँकी रहेका ८ जनालाई विजयी बनाउन एकबद्ध भएका छन् । अध्यक्षसहित निर्विरोध निर्वाचित हुनु भएका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फका चिरञ्जीवि सुवेदीसहितका १३ जनाले अनुभवी नेतृत्वलाई कार्यसमितिमा दोहो¥याउन जोडदार कसरत बढाएका छन् ।
आसन्न निर्वाचनको उपाध्यक्ष कर्पोरेटर्फका भोजराज कौडाल, उपाध्यक्ष वाणिज्यतर्फका शंकर नेपालसहित सदस्यमा वाणिज्यतर्फका ६ जना सदस्यको पक्षमा उभिएका छन् । समूहमा वाणिज्यतर्फका सदस्यहरुमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने रहेका छन् ।


निर्विरोध अध्यक्ष बनेका चुननारायण श्रेष्ठले १३ जना कार्यसमितिमा सर्वसम्मत हुनुपहिले नै अनुभवी समूह बनाएकाले निर्वाचनमा सहयोग गरिएको बताए ।
दिपा शाही उवासंघको विभिन्न उपसमितिमा रहेर काम गर्दै आएपनि यसपाली पहिलो पटक कार्यसमिति सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । यो समूहका २ उपाध्यक्ष र ६ सदस्यहरु उवासंघको कार्यसमितिका सबै पुराना तथा अनुभवी नेतृत्वका रुपमा स्थापित भइसकेका छन् ।
कर्पोरेटतर्फका उपाध्यक्ष उम्मेदवार भोजराज कौडालले पूर्वअध्यक्षहरु सबै अनुभवी र एक्यवद्ध बनेका समूहको पक्षमा रहेको दाबी गरे । वाणिज्यतर्फका उपाध्यक्ष उम्मेदवार शंकर नेपालले सहमतिको प्रयास हुन नसकेपछि निर्वाचनमा जानु परेपनि जीत सुनिश्चित रहेको जीकिर गरे ।
निर्विरोध अध्यक्ष बनेका श्रेष्ठले सबै व्यवसायीहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराई दिनु दिन अनुरोध गरेका छन् । नारायणगढमा आज आइतबार गरिएको पत्रकार सम्मेलनमा निर्विरोध कार्यसमितिमा पुगेका ३ पदाधिकारीसहितका १३ जना नै सहभागी थिए ।
उवा संघ चितवनको नेतृत्व चयनका लागि भोलि सोमबार मतदान हुँदैछ ।

- ADVERTISEMENT -